आत्महत्या होईन , जीवन रोजौ ।।


    
आफ्नो समस्यालाई एकै पल्टमा सक्याउछु भनेर कहिल्यै पनि आत्महत्याको बाटो नरोज । आफ्नो जिन्दगी जुन निकै अनमोल हुन्छ , त्यसलाई भेट्नु अघि एक पटक यो सोच कि के हुन्छ त्यो मुस्कानको  जसले दु:ख गरेर हुकाउनुभयो ? आमा- बाबाको मुस्कानमा सधै सधैका लागि ग्रहण लाग्नेछ।

जुन तिम्रो बाबाले सधै देख्ने त्यो सपना तिमीबाट कि एकदिन तिमी असल मान्छे बन्नेछौ र आफ्नो परिवारको नाम सारा संसार माझ फैलाउनेछौ ।के तिमी चाहन्छौ यी सारा सपना तिम्रा बाबाले तिम्रो निम्ति सजाएका थिए , ती सब मेटिउन ? 

तिम्रा स-साना भाइ बहिनीको तागत हौ तिमी ।तिमीले धेरै देख्नुछ ।अनि धेरै गर्नुछ । तिमी हार कदापी मान्ने छैनौ । म राम्रो संग बुझ्छु कि दिमागले पनि एक हद सम्मको मात्र pressure लाई handle गर्न सक्छ । जब आफ्नो अगाडि केही उपाय देखिदैनन्  , कोही पनि आफ्ना लाग्दैनन् तब एक्लो बनिन्छ र समस्याहरू झन झन बढ्दै गएको आभाष हुन्छ । 
तर तिम्रो यो समयमा कमजोर कदापि नबन्नु । दिमागमा नानाथरी नचाहिने समस्या बढ्नु अघि यो समस्यालाई जरै देखि हटाईदेऊ । आफ्नो वरपर भएको मान्छेहरूसंग कुरा गर , तिमीलाई चाहनेहरूसंग कुरा गर । चाहे पढाइ सम्बन्धित कुनै कुरा होस या प्रेम सम्बन्ध बारे वा पारिवारिक समस्या होस या आफ्नो career सम्बन्धि , या स्वयम आफ्नैै personality सम्बन्धि , तिमी कहिल्यै हार मान्ने छैनौ । 

कसैलाई भन कि तिमी कति धेरै pressure लिराछौ , कति धेरै tension लिराछौ । यी सब कुराहरू सोचेर  यदि तिमीसंग कोही आफ्नो मान्छे आईराछ आफ्नो समस्या भन्नका निम्ति भने please उसलाई  seriously लिएर उसका हरेक कुरालाई सुन , उसलाई ignore कहिल्यै  नगर किनकि उसले तिमीलाई आफ्नो ठान्छ , विश्वास गर्छ र त तिमीलाई आफ्नो समस्या भन्न खोजिरहेको छ ।
 
 जानेर वा नजानेर कसैलाई यति धेरै hurt नगर कि तिमीलाई जुन कुरा सामान्य लाग्छ ,कसैलाई त्यही कुरा आत्महत्या रोज्नुको कारण बन्न सक्छ ।त्यहीपनि आत्महत्याको बाटो रोज्नु अघि एक पटक आफ्नो परिवारको बारेमा पक्कै सोच्नेे गर । कति धेरै जिन्दगीले हास्नै भुल्ने छन् तिम्रो एक गलत कदमले , कति धेरै जिन्दगी बर्बाद हुनेछन केबल तिम्रो एक गलत कदमले । 

समस्या जिन्दगीको एक temporary part जस्तै हो । जिन्दगी छ र त समस्या आउँछ ,समस्या संगसगै समाधान पनि आएको हुन्छ । तिमीलाई अझैै धेरै पाठ सिकाउने छ । अब तिमीले पाठ सिक्ने हो या हार मानेर बस्ने हो यो बस तिम्रो हातमा हुन्छ । कहिल्यै पनि हडबहीमा कुनै पनि गलत कदम नउठाउनु।

समस्या आउनु र तुरूतै कुनै समाधान ननिस्कनुु पनि एउटा समाधान नै हो ।बस् थोरै धैर्य तिमीले राख्न सक्नुपर्छ ।जिन्दगी रह्यो भने हरेक समस्या समाधान हुनेछन तर जिन्दगीलाई मेटाउने खोजेउ भने समस्या सकिदैन , त्यो समस्या त्यहीको त्यही रहन्छ । सायद आज जुन temporary समस्याको निम्ति यो जुन permanent कदम लिन जादैछौ नि , भोलि कुनै दिन जब पछाडि फर्केर आफ्नो विगतलाई हेर्ने छौ नि , जब तिमीले आत्महत्या नरोजी आफ्नो जिन्दगी रोज्ने छौ नि तब आफैले आफैसंग एउटा कुरा पक्कै गर्ने  छौ  तिमीले ,
"कति पागल थिए है म , जुन त्यो दुई पल समस्याको निम्ति म आफ्नो जिन्दगी बर्बाद गर्न खोज्दै थिए ।"

मृत्युु रोज्नु निकै गलत कदम हो । एक पटक जिन्दगी रोजेर त हेर , तिमी जस्तै थुप्रै अरू पनि त्यही हालतबाट गुज्रिरहेका होलान्। एकपटक उनीहरूको निम्ति inspiration बनेर त हेर , एउटा योद्धा बनेर त देखाऊ। 

बस एकपटक यो temporary phase सकियोस् न त्यसपछि सब कुरा ठीक हुनेछन्  । तिमी फेरि मुस्कुराउनेछौ ।आफ्नाका निम्ति जिउने छौ ।आफ्नो निम्ति जिउनेछौ।

भरोसा राख 
भगवान प्रति 
आफू प्रति 
सब ठिक हुनेेछ ।।



Oldest

9 Comments

Click here for Comments
3 July 2020 at 00:38 ×

www.santa.com.np
Here also available article

Reply
avatar
3 July 2020 at 00:38 ×

Hi bro visit my site
www.santa.com.np

Reply
avatar
T-Man
admin
3 July 2020 at 00:56 ×

Visit my blog
https://techtonr.blogspot.com/

awesome

Reply
avatar
T-Man
admin
3 July 2020 at 00:57 ×

Visit my blog

https://techtonr.blogspot.com/

Reply
avatar
Unknown
admin
3 July 2020 at 02:54 ×

Life is beautiful
Http://www.hitfitpakistan.com

Reply
avatar
Unknown
admin
5 July 2020 at 05:42 ×

keep it up!!!
and visit my blog
https://tabassumdurdana.wixsite.com/life-book

Reply
avatar